समाज

माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु

धनुषा- धनुषाधाम नगरपालिका– ४ लक्ष्मीपुरमा आज विहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन्।

मृत्युहुनेमा धनुषाधाम नगरपालिका– ९ धारापानीका रामअवध यादवकी ८ वर्षीया छोरी सिर्जना कुमारी यादव रहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। 

माटो खन्न गएको बेला माथिबाट ढिस्को खसेर पुरिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनीसँगै माटो खन्न गएका बालिका मिका पन्डित र रन्जिता पन्डित घाईते भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

प्रकाशित: २ कार्तिक २०७५ ०८:१८ शुक्रबार

माटोको_ढिस्को बालिका