समाज

ड्युटीमै दशै‌ं मनाउँदै प्रहरी

गुल्मी- दशैमा घर जान नपाएका प्रहरीले कार्यालय मै दशै मनाएका छन्। ड्युटीमा रहेका प्रहरी अधिकृतदेखि सिपाहीहरुले जिल्ला प्रहरी कार्यालय मा दशैकाे टीका लगाएका हुन।

उनीहरुले अाफुभन्दा माथिल्लो दर्जाका प्रहरीको हातबाट दशैकाे टीका जमरा लगाउनु साथै अार्शिवाद थापेका हुन। जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी राेशन खड्काकाे अनुसार अाफुले ड्युटीमा रहेका प्रहरी र उनीहरुका परिवारलाई टीका लगाईदिएकाे बताए।

'एसपी सापकाे टीका नभएकोले मैले सवैलाई टीका लगाईदिएकाे हुँ', डिएसपी खड्काले भने, 'के गर्ने जनताको शान्ति सुरक्षामा खटिनै पर्याे।' महान पर्व दशैमा सवैलाई परिवारसँग वसेर रमाइलो गर्न र टीका लगाउन रहर भएपनि डयुटीमा वस्नुपर्ने वाध्यता हुन्छ, उनकाे भनाइ छ।

प्रकाशित: २ कार्तिक २०७५ ०६:२९ शुक्रबार

दशै सुरक्षाकर्मी