समाज

माछा मार्न जाँदा डुबेर एक वृद्धको मृत्यु

पशुपतिनगर – इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा एक वृद्धको माछा मार्ने क्रममा मृत्यु भएको छ। माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो।

मङ्गलबार दिउँसो माछा मार्न खोलामा हिँडेरका ७२ वर्षीय वृद्ध राई घर नफर्किएपछि परिवारले गए रातिदेखि खोजी शुरु गरेका थिए। रातको समयमा खोज्दा कतै नभेटेपछि प्रहरीलाई खबर गरेका थिए।

मृतकका आफन्त र प्रहरीको टोलीले आज बिहानदेखि खोजी गर्दा सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा मृतवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख हेमराज ओलीले बताए।

दैनिकजसो माछा मार्न खोलामा जाने राई माछा मार्ने क्रममा खोलामा चिप्लिएर लडेपछि डुबेर मृत्युको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। खोलामा मृतक राईको टोपी र माछाको जाल फेला परेको प्रहरीले जनाएको छ। (रासस)

 

प्रकाशित: ३१ आश्विन २०७५ १५:२८ बुधबार

जोगमाई_खोला माछा वृद्ध