समाज

एक लाख नगदसहित पाँच जुवाडे पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले करिब एक लाख रुपियाँसहित पाँच जना जुवाडे पक्राउ परेको छ। वीरेन्द्रनगर नगरपालिकाको बौद्धिक टोलबाट ९९ हजार ६५ रुपियाँसहित पाँच जुवाडे पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

प्रहरीका अनुसार वीरेन्द्रनगर– ६ का २३ वर्ष प्रकाश मल्ल, २१ वर्षीय ललित बस्नेत, २२ वर्षीय हिक्मत योगी, २१ वर्षीय गौतम पाण्डे र वीरेन्द्रनगर–९ का १९ वर्षीय राजेन्द्र बस्नेतलाई पक्राउ गरिएको हो। 

प्रकाशित: ३१ आश्विन २०७५ ०६:४९ बुधबार

जुवाडे पक्राउ