समाज

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

रुकम पश्चिम- रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ सल्लेमा गाडी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सल्लेका नौ वर्षीय प्रयास बिसी रहेका छन्। सल्लेबाट धुनका लागि मूलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको गाडी नियन्त्रण गुमाएर सडकभन्दा झण्डै १५० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका बिसीकोे उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा सल्लेका आठ वर्षीय जेनिस बिसी र नाम नखुलेका गाडी चालक छन्। जेनिसको अवस्था गम्भीर रहेको छ भने गाडी चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

गाडीले सडकमा खेलिरहेका प्रयास र जेनिसलाई कुल्चिएको प्रहरीले जनाएको छ। सो गाडी मंगलवार दिउँसो दुर्घटनामा परेको हो। 

प्रकाशित: ३० आश्विन २०७५ ११:४९ मंगलबार

रुकुम_पश्चिम गाडी_दुर्घटना