समाज

ठूलो परिमाणमा लागूऔषध सहित एक पक्राउ

लहान– सिरहाको धनगगढीमाई नगरपालिका ९ जिरोमाईल स्थित एक घरबाट सिरहा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। मंगलबार बिहान प्रहरीले स्थानीय गंगा प्रसाद यादवको घरबाट लागूऔषध सुई, चक्की र झोलसहित उनलाई पक्राउ गरेको छ। 

विशेष सुराकको आधारमा प्रहरीले यादवको घरमा छापा मार्दा १०० एमएलको लागूऔषध डाईलेक्स सिरप ४४८ बोत्तल, नाइट्रोक्याट १८०० चक्की, फोडविन १८० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

प्रकाशित: ३० आश्विन २०७५ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App