समाज

बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा दुई घाइते

खोटाङ– बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा उदयपुरका दुई घाइते भएका छन्। सोमबार धरानबाट यात्रु लिएर खोटाङ जाँदै गरेको ना १ ज ६२०४ नम्बरको बोलेरो जीप र बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ८३८० नम्बरको मोटरसाइकल उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण राजमार्गमा ठोक्किँदा दुई घाइते भएका हुन्। 

दुर्घटनामा मोटरसाइकलका चालक कटारी नगरपालिका–२ का आकाश बिष्ट र मोहन मगर घाइते भएको प्रहरीले जनाएको छ। मंगलम अस्पताल मिर्चैयामा सामान्य उपचार गरेर घाइतेलाई काठ्माडौं पठाइएको छ। 

प्रकाशित: २९ आश्विन २०७५ १५:३९ सोमबार

बोलेरो_जीप मोटरसाइकल दुर्घटना