समाज

अटो दुर्घटनामा एक जनाको मृत्यू

प्यूठान - प्यूठानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ। जिल्लाकाे नौबहिनी गाउँपालिका ६ सितचौरमा अटो दुर्घटना हुँदा १ जनाको घट्नास्थलमै मुत्यु भएको हो। दुर्घटनामा परी नौबहिनी गाउँपालिका ४ खबाङकी ६९ वर्षीय तारादेवी पुनको मृत्यू भएको हो। बाग्दुलाबाट खबाङ तर्फ जादै गरेको अटो अाइतवार राती ११ बजे दुर्घटनामा परेकाे थियाे।

दुर्घटनामा परि अन्य ४ जना घाईते भएका छन्। घाईते हुनेमा नौबहिनी गाउँपालिका ४ खवाङकै ४६ वर्षीय कालिदेवी पुन र चालककी श्रीमती र छोरी रहेको छन्। चालकको श्रीमती र छोरीको अवस्था सामान्य छ। पुनलाई भने जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख  प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २९ आश्विन २०७५ ०३:१३ सोमबार

अटो दुर्घटना