समाज

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

काठमाडौं- नेपालको व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गहिरो दु:ख प्रकट गरेको छ। समितिका महासचिव बालकृष्ण अधिकारीले एक विज्ञप्ति प्रकाशित गर्दै ज्ञवालीले नेपालको व्यावसायिक पत्रकारिताका लागि पर्‍याएको योगदान अतुलनीय रहेको बताएका छन्। नेपालको सञ्चार उद्योग  र नेपाली पत्रकारिताले उनको योगदानलाई चिरकालसम्म स्मरण गरी रहने विज्ञप्तिमा उल्लेख छ।

७९ वर्षको उमेरमा शनिबार साँझ ज्ञवालीको निधन भएको थियो। छातीमा असजिलो भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा लगिएका ज्ञवालीको उपचारका क्रममा निधन भएको हो। चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्।

 

 

प्रकाशित: २८ आश्विन २०७५ १३:२० आइतबार

हेमराज_ज्ञवाली पत्रकारिता समवेदना