समाज

दसैंको दिन सेनाले उपत्यकमा यातायात सेवा दिने (रुट सहित)

काठमाडौं- दसैंको अवसरमा नेपाली सेनाले काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ। सेनाले कार्तिक ०२ गते बिजया दशमीका दिन उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सेवा दिन लागेको जनाएको छ। सेनाले उक्त दिन ८ वटा रुटहरुमा  बिहान ७ बजे,  ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गर्ने जनाएको छ।

त्यस्तै घर बिदामा जाने सकलदर्जा तथा उनीहरुको परिवारहरुको लागि पनि बस सेवा दिएको छ। सेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौं दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ/त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन गरेको छ। उक्त बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिनको बिहान ६:३० बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले सुविधा लिन पाउने व्यवस्था मिलाईएको जनाएको छ।  

यस्तो छ सेनाको रुट 

(क) रुट नं.१— भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क।

(ख) रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर।

(ग) रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली।

(घ) रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली।

(ङ) रुट नं.५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट।

(च) रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली।

(छ) रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

(ज) रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली।

 

प्रकाशित: २८ आश्विन २०७५ ११:४५ आइतबार

दसैं सेना यातायाता