समाज

घुस रकम सहित प्रहरी निरीक्षक र प्रशासकीय अधिकृत नियन्त्रणमा

सुर्खेत - चाेर पक्राउ गर्न सहजीकरण गरिदिएकाे भन्दै घुस माग्ने प्रहरी निरीक्षक र जवान पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछानेले सुनचाँदी पसल चोरी भएकोमा चोर पक्राउ गर्न सहयाेग गरेकाे भन्दै घुस मागेकाे अख्तियारले जानकारी दिएकाे छ। सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा सुर्खेतबाट खटिइ गएको अख्तियारकाे टोलीले उनीहरुलार्इ अाइतवार पञ्चपुरी नगरपालिका वडा नं. २ स्थित प्रहरी चौकी सालकोटको परिसरवाट पक्राउ गरेकाे हाे। पक्राउ परेकाबाट नगद १५ हजार घुसबापतको रकम समेत बरामद गरिएकाे अख्तियारले जानकारी दिएकाे छ।

प्रशासकीय अधिकृत पक्राउ
यसैबीच काठमाडौं जिल्ला टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुबेदीलार्इ समेत अख्तियारकाे टाेलीले घुस रकम सहित पक्राउ गरेकाे छ। उपभोक्ता समिति मार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा टङ्गालबाट खटिइ गएको अख्तियारकाे टाेलीले सुबेदीलार्इ पक्राउ गरेकाे हाे। उनलार्इ नगद एक लाख घुसबापतको रकम लिइसकेको अवस्थामा अाइतवार पक्राउ गरिएकाे हाे।

प्रकाशित: २८ आश्विन २०७५ १०:११ आइतबार

घुस अख्तियार प्रहरी_निरीक्षक अधिकृत