समाज

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बेत्रावती- जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई विदुरबाट पक्राउ गरेको छ। उनीहरूको साथबाट रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए। 

विदुर नगरपालिका–४ विदुर स्थित बद्रीबहादुर खड्काको घरमा उनीसहित छ जना ठूलो रकम बाजी राखेर तास खेलिरहेकोे अवस्थामा पक्राउ गरी कारबाहीका लागि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा घरधनी ५४ वर्षका खड्का, ३२ वर्षीय कुमार लामा, ३६ वर्षीय हरि क्षेत्री, ४२ वर्षीय दीपक ओझा, ४७ वर्षीय बाबुराम तामाङ र ३४ वर्षीय सागर लामा छन्। उनीहरूले तास खेलिरहेको खाल (स्थान)बाट प्रहरीले नगद रु एक लाख ७६ हजार ७८५ समेत बरामद भएको जनाएको छ। रासस

प्रकाशित: २७ आश्विन २०७५ १६:३५ शनिबार

जुवातास पक्राउ