समाज

नुवाकोटको गणेस्थानमा बस दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट – नुवाकोटको समुन्द्राटार हुँदै त्रिशुली आउँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बा. १ ख. ६३५६ नम्बरको बस सूर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेस्थानमा दुर्घटना हुँदा एक जना महिला र एक जना पुरुषको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा सवार भएका घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रम जारी रहेको छ। बसमा कति जना यात्रु थिए भन्ने एकिन भएको छैन। घटनाको थप बिवरण आउँन बाँकी छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:०५ शुक्रबार

नुवाकोट बस_दुर्घटना