समाज

कपडा र पटाका बरामद

महोत्तरी – भारतबाट तस्करी गरी ल्याइएको कपडा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका ४ बाट बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले ३१ हजार ७ सय ५० मूल्य बराबरको कपडा बरामद गरेको डिएसपी खगेन्द्र बहादुर खडकाले बताए।

प्रहरीले ६१ थान साडी, ६५ थान ब्लाउजको कपडा र ८ थान कुर्ता सुरुवालको कपडा बरामद गरेको छ। बरामद भएको कपडा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

यस्तै रघुनाथपुर प्रहरीले ८ हजार मूल्य बराबरको पटाका बरामद गरी नष्ट गरेको छ। रघुनाथपुर प्रहरी चौकबाट खटिएको टोलीले रघुनाथपुर स्थित सडकबाट सो पटाका बरामद गरेको थियो। बरामद भएको पटाका खाल्डो खनी पानी हालेर नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०५:१३ बिहीबार

कपडा पटाका प्रहरी