समाज

अमेरिकी पेस्तोलसहित एक पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालय पर्साले अमेरिकी स्वचालित पेस्तोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। 

दशैंतिहार विशेष सुरक्षा योजनाअन्तर्गत सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार साँझ पर्टेर्वासुगौली ४ फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा २५ वर्षीय मनोज पासवानलाई स्वचालित हतियारसहित नियन्त्रणमा लिएको हो। 

उनको साथबाट स्वचालित मेड इन युएसए लेखिएको पेस्तोल र एक थान खाली म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पासवानलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०६:४४ बुधबार

हतियार पेस्तोल बरामद