समाज

सवारी दुर्घटनमा देशभर ७ जनाको मृत्यु

 

काठमाडौ– मुलुकका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । 

राजधानीको सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कलंकी बस्ने काभ्रे रोसी गाउँपालिका–१ का २३ वर्षीय निरज लामाको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । 

उता चितवनको भरतपुर महानगरपालिका १ लिलाचोकमा ना.७ ख ११११ नम्बरको बसले ना.३८प ८०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक  पहिचान नखुलेका करिब २५ वर्षीय पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै सर्लाही बागमती नगरपालिका–१ मिलन चोकमा ना.५ ख ११०४ नम्बरको बसले  सोही ठाउँ बस्ने ९ वर्षीया सुस्मिता थापालाई बाटो काट्ने क्रममा ठक्कर दिँई घाइते बनाएकामा उनको  चुरेहिल अस्पताल मकवानपुरमा उपचारको क्रममा हिजो मृत्यु भएको हो । 

पर्सा वीरगंज महानगरपालिका२१ ड्राईपोर्ट सडकमा को.१ त ४९२० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय समिर खानलाई गण्डक अस्पताल तर्फ पठाइएकोमा मंगलबार बाटोमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।त्यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका–११ श्रीजनानगर सडकमा रोकीराखेको ग.१ त २२६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदागम्भीर घाइते भएका लु.२२ प ८३९८ नम्बरको मोटरसाइकल चालक पाल्पा रैनादेबी छहरा गाँउपालिका–३ बस्ने२३ वर्षीय दानबहादुरकुमालको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ प्रहरीले जनाएकाे छ ।

उता अछाम तुर्मखाद गाउँपालिका ७ कालिखोलामा से.२ त ८८३ नम्बरको ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने१८ वर्षीय जगत बैक ट्रयाक्टरबाट खस्दा घटनास्थलमै मृत्यु भएको छ। ललितपुर महानगरपालिका १५ हात्तिवनस्थित सडकमा बा.१८ च ३१७४ नम्बरको गाडीले २ वटा मोटरसाईकललाई ठक्कर दिँदा बा.५१ प ५९३१ नम्बरको मोटरसाइकल चालक गोदवारी नगरपालिका ३ मानेडांडा बस्ने २४ वर्षीय राजेश विशंखुको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ आश्विन २०७५ ०६:१९ बुधबार

सडक_दुर्घटना मृत्यु