समाज

रोल्पामा र्‍याफ्टिङ सुरु

रोल्पामा सुरु भएको र्‍याप्टिङ । तस्बिरः नागरिक

रोल्पा – सुनिल स्मृति गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागी भन्दै सार्वजनिक निजी साझेदारीमा लुङ्ग्री, माडि खोलामा र्‍याफ्टिङ सुरु गरेको छ। गाउँपालिका र कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चर प्रालीको साझेदारीमा संचालित र्‍याफ्टिङको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले एक औपचारीक कार्यक्रमकाबीच उद्घाटन गरेका छन्।

र्‍याफ्टिङका लागि मुख्य कार्यालय रोल्पाको सुलिचौरमा राखिएको छ भने वेस क्याम्प खुंग्री चर्तुभुजमा रहेको छ। र्‍याफ्टिङको अन्तिम स्टेशन दाङको भालुबाङसम्म रहेको संचालकले जनाएका छन्। गाउँपालिकाका प्रेस संयोजक बिनोद महराका अनुसार पर्यटकको चाहाना अनुसार खुंग्री चर्तुभुज, प्यूठानको भिंग्री, चकचके वा दाङको भालुबाङसम्म पनि जान सकिने छ।

गाउँपालिकाका अनुसार सुरुमा दुईवटा बोट ल्याएर सुरु गरिएको र्‍याफ्टिङ संचालन राम्रो भएमा अरु बोट थपिने छ। गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीका भन्छन, ‘यसले पर्यटन प्रवर्धनका साथै आन्तरिक आय वृद्धि गर्न र केही रोजगारिका लागि पनि सहयोग गर्ने छ। हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको पर्खाइमा छौ।’

प्रकाशित: २४ आश्विन २०७५ ०५:५७ बुधबार

रोल्पा र्‍याप्टिङ पर्यटन_प्रवर्द्धन