समाज

भिरबाट लडेर एक जनाको मृत्यु

रुकुम– रुकुम (पश्चिम)मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–१२ पितिवाङका ५५ वर्षीय भिमबहादुर रोकायको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

सोमबार साँझ सोलाबाङ् बजारबाट घर जाँदै गर्दा घर नजिकैको जंगलमा लडेका रोकाय गम्भीर घाइते भएको थिए। उनको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। 

घर नजिकैको जंगलमा बाटो भन्दा करिब १५ मिटर तल खसेका उनको टाउँको र छाँतीमा चोट लागेको थियो। 

प्रकाशित: २३ आश्विन २०७५ १२:५२ मंगलबार

रुकुम_(पश्चिम) दुर्घटना भिर