समाज

लडेर महिलाको मृत्यु

इलाम – इलामको रोङ गाउँपालिका ६ की एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। स्थानीय बन्सुवा गाउँकी ३५ वर्षीया फूलमाया राईको सोमबार राति १० बजेतिर भीरबाट लडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो घरमा कोही नभएका बेला उनी बेपत्ता थिइन्। घरबाट करिब ७० मिटरमा रहेको भीरमा आफ्नै पति कालुमान राईले उनको शव फेला पारेका थिए। फूलमायाको मानसिक सन्तुलन ठीक नभएको परिवारजनलाई उधृत गर्दै प्रहरीले जनाएको छ।
 

प्रकाशित: २३ आश्विन २०७५ ०९:३९ मंगलबार

रोङ_गाउँपालिका फूलमाया_राई भीर