समाज

जबरजस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

ललितपुर - जबरजस्ती करणी उद्योगका फरार अभियुक्तलार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका २ डेरा गरी बस्ने भारत घर भएका बब्लु कुमार माझी रहेका छन्। महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी वृत चापागाउँबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले माझीलार्इ शुक्रवार महांकाल गाउँपालिका ३ माथिल्लो गोटीखेल स्थित कुखुरा फर्ममा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेकाे हाे। 

यसअघि बिहीबार पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त चापागाउँतर्फ लैजाने क्रममा एक समूहले हुलहुज्जत गर्दा त्यसकाे फाइदा उठाउँदै माझी फरार भएकाे प्रहरीले जानकारी दिएकाे छ। माझीले सोही स्थान बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका थिए।

प्रकाशित: १९ आश्विन २०७५ १६:१२ शुक्रबार

करणी अभियुक्त