समाज

नेपाल बायु सेवा निगमले ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने

ताप्लेजुङ – लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो।

यसअघि ७ हजार ४ सय ६० मा टिकट बिक्री गरेको निगमले अहिले १ हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ।

यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ। गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ। मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ।   (रासस)

 

प्रकाशित: १९ आश्विन २०७५ ०६:१८ शुक्रबार

नेपाल_बायु_सेवा_निगम ताप्लेजुङ–काठमाडौं_उडान