समाज

बसले ठक्करले बालकको मृत्यु

तनहुँ – बसको ठक्करबाट तनहुँको बारबिसेमा साइकलमा सवार एक बालकको मृत्यु भएको छ। डुम्रेबाट बेसिसहर जाँदै गरेको  ना ३ ख ४५३४ नम्बरको बसले बालक सवार साइकललाई ठक्कर दिँदा भानु–२ का १२ वर्षीय निरकुमार पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। बालकको मृत्युपछि स्थानीयले केहीबेर राजमार्गमा सवारी आवागमनमा अवरोध गरेका थिए। 

 

प्रकाशित: १८ आश्विन २०७५ १०:४२ बिहीबार

बसको_ठक्कर बालकको_मृत्यु