समाज

पाटे बाघ मृत फेला

बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा पाटे बाघ मृत अवस्थामा बुधवार फेला परेको छ। पूर्व–पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुढो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। उनका अनुसार निकुञ्जको गस्ती टोलीले मरेको बाघ सडे गलेको अबस्थामा पारेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ रहेको तथ्याकं छ।

प्रकाशित: १७ आश्विन २०७५ १२:१९ बुधबार

बाघ मृत