समाज

गुणस्तरहिन पानी उद्याेगमा खाद्यकाे शीलबन्दी

काठमाडाैं -  बनेपामा रहेका पञ्च वेभरेज प्रा.लि. र बुद्धल्याण्ड मेलम्ची मिनेरल वाटर प्रा.लि. काे पानी गुणस्तरहिन रहेकाे पाइएकाे छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधवार गरेकाे अनुगमनमा प्रा.लि. का  प्रसोधन कक्ष सफा नभएका, बोतल तथा जार म्यानुअल फिलिङ्ग गरेको र प्रसोधित पानीको उत्पादन निर्देशिका अनुरुप मापदण्ड पुरा नगरेको पाइएकाे हाे। यसैगरी अनुज्ञापत्र नविकरण नगरेको, जारमा सुरक्षण शील समेत नलगाएको भेटिएकाे विभागले जानकारी दिएकाे छ। मापदण्ड पुरा नगरेका दुवै कम्पनीमा शीलबन्दी गरी उत्पादनमा राेक लगाइएकाे विभागले जनाएकाे छ।

प्रकाशित: १७ आश्विन २०७५ ११:५३ बुधबार

शीलबन्दी