समाज

दुई शिशुको मृत्यु भएपछि स्वास्थ्यकर्मीको टोली पुग्यो

खोटाङ– खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पठाएको छ। साबिकको फेदी–१ का १७ दिनको छोरा र साबिकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा. नबिन देबकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ गएको हो। घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाइएको छ।

एउटै खोप केन्द्रका शिशुको मृत्युको कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जिव राईले बताए। बालबच्चालाई असोज १० गते बिसिजि खोप लगाइएको थियो।

 

प्रकाशित: १५ आश्विन २०७५ १३:४४ सोमबार

शिशु मृत्यु