काठमाडौ– कञ्चनपुर घटनामा निलम्बित प्रहरी उपरीक्षकसहित तीन जनाको डिएनए परीक्षण २ स्थानमा गरिएको नेपाल प्रहरीले स्पस्ट पारेको छ।
कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कार र हत्याको छानविनका क्रममा उनीहरुको डिएनए परीक्षणका लागि रगतको नमूना नेपाल प्रहरी केन्दीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामासमेत परीक्षण गरिएको बताएको हो। केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएका हुन्।
घटना अनुसन्धानका क्रममा नेपाल प्रहरीले डिल्ली बिष्टसहित उनका छोरा किरणराज बिष्ट र स्थानीय आयुष बिष्टको डिएनए जाँच गराएको थियो।
उक्त जाँचअनुसार मृतकको शरीरबाट लिइएको नमूनासँग डीएनए मेल नखाएको रिपोर्ट आइतबार सार्वजनिक भएको थियो। उक्त जानकारी सार्वजनिक भएसँगै प्रहरीको प्रयोगशालामा मात्रै डीएनए परीक्षण गर्नु शंकास्पद रहेको भन्दै आशंका र विरोध भएको थियो।
प्रकाशित: १५ आश्विन २०७५ ११:०० सोमबार