समाज

गाँजा सहित रौतहटमा दुई जना पक्राउ

रौतहट - प्रतिबन्धित लागू औषध गाँजा सहित रौतहटमा दुई जना पक्राउ परेका छन्। नेपालबाट गाँजा लिएर भारततर्फ  जाँदै गरेका उनीहरुलार्इ प्रहरीले सीमावर्ती क्षेत्र राजदेवी नगरपालिका ९ को सीमानाकामा चेकजाँचका क्रममा पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा दुर्गा भगवती गाउँपालिका २ भलोहियाका सतिश पाण्डे र सन्दीप पाण्डे रहेका छन्। ठुलाे परिमाणमा भारततर्फ गाँजा लग्दै गरेकाे भन्ने गाेप्य सुचनाका अाधारमा उनीहरुलार्इ प्रहरीले पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले बताए। उनीहरुको साथबाट करिव १२ किलो गाँजा र ना ५१ प ५१२२ नम्बरको मोटरसाइकल समेत बरामद गरिएकाे प्रहरीले बताएकाे छ।

 

प्रकाशित: १४ आश्विन २०७५ १२:५६ आइतबार

गाँजा लागू_अाैषध