समाज

अरिङ्गालकाे टाेकाइबाट बालिकाको ज्यान गयाे

रुकुम - रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा अरिङ्गालले टोक्दा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ अमलाचौर की १२ वर्षीया टिका विक रहेकी प्रहरीले बताएकाे छ।

दाउरा काट्न चिउरीको रुखमा चढेकी  बालिककालाई अरिङ्गालले टोक्दा रुखबाट खसेर उनको शनिवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सिनाले जानकारी दिए। साथीसँग गाउँ नजिकैको स्थानीय अमलाचौर जंगलमा दाउरा लिन गएकी उनलाई अरिंगालले टोकेको डिएसपी तिम्सिनाले बताए।

 

प्रकाशित: १३ आश्विन २०७५ १५:४६ शनिबार

अरिङ्गाल