समाज

नदीमा नुहाउने क्रममा दुई बेपत्ता

धादिङ- नदीमा नुहाउन जाने क्रममा धादिङका छुट्टाछुट्टै दुई स्थानमा दुई जना बेपत्ता भएका छन्। बुढिगण्डकी र नेत्रावती नदीको सल्यानटार दोभानमा रहेको नरसिंह धामका पुजारी भारत वैंलोर निवासी राजेन्द्र अशोक आनन्द बेपत्ता भएका छन्। मंगलबार नदिमा नुहाउन गएका उनी बेपत्ता भएका हुन्।

त्यस्तै त्रिशुली नदिमा नुहाउन गएका गल्छि गाउँपालिका –६ वस्ने वर्ष २४ का विदुर तमाङ पनि बेपत्ता भएका छन्। बा ४ ख ९७२४ नम्वरको ट्रिपर चालक बालुवा हाल्ने समयमा नदिमा नुहाउन गएका थिए। नुहाउने क्रममा चिप्लेर तामाङ बेपत्ता भएका हुन्। बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। खोजीका लागि गोताखोरको टोलीले त्रिशुली नदिमा खोजी गरेपनि अझै भेट्न सकेको छैन।

 

प्रकाशित: १० आश्विन २०७५ ०५:१२ बुधबार

नदी बेपत्ता