धनगढी – गएराति परेको वर्षाका कारण कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्रदेश नम्बर सातको अस्थायी राजधानी धनगढीको मुटु मानिने एलएनचोक, पार्कमोड, प्रदेशसभा भवन अगाडिको सडक डुवानमा परेको हो। सडकमा करिव डेड फिट पानी जम्दा यात्रुलाई आवतजावत गर्न कठिनाई भइरहेको छ।
ढल निकासको उचित व्यवस्था नहुँदा सामान्य वर्षाले पनि धनगढीका अधिकाशं भाग डुबानमा पर्ने गरेका छन्। यस्तै धनगढीको विशालनगर, उत्तरबेहडि, हसनपुर लगायतका क्षेत्र डुवानमा परेका छन्।
धनगढी उपमहानगरपालिकाले सममै उचित ढल निकासको व्यवस्थापन नगर्दा सामान्य पानीमा पनि बजार डुवानमा पर्ने गरेको स्थानीय तीर्थराज पाण्डेयले बताए।
अत्याधिक वर्षाले किसानले लगाएको हिउदे तरकारी बालिमा समेत क्षती पुगेको छ।