समाज

बस र माइक्रो जुद्धा तनहुँमा दुईको मृत्यु, आठ घाइते

तनहुँकाे म्याग्दे गाउँपालिका–४ मनहरीमा बससँग ठोक्किएर क्षतीग्रस्त बनेकाे माइक्रो। तस्बिर :रासस

तनहुँ – पृथ्वी राजमार्गस्थित म्याग्दे गाँउपालिका–४ मनहरीमा मंगलबार बिहान सवारी ठोक्किदा दुई यात्रुको मृत्यु भएको छ भने ८ घाइते भएका छन्।

दमौलीबाट पोखरातर्फ जादै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस र विपरित दिशाबाट आउँदै गरको लु १ ख ४१९४ नम्बरको बस एक आपसमा जुद्धा माइक्रोमा सवार दुई यात्रुको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख कृष्ण वहादुर क्षेत्रीलेका अनुसार मृत्यु हुनेमा व्यास–४ बस्ने सरस्वती कुवँर छन् भने एक जनाको परिचय खुलेको छैन्। उनिहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै माइक्रो चालक म्याग्दे गाउँपालिका–१ गुणादीका ३० वर्षीय तुल बहादुर विक गम्भिर घाइते भएको प्रहरीले जनाएको छ। चालक विक सहित अन्य ७ घाइतेको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भएको छ।

प्रकाशित: ९ आश्विन २०७५ ०३:११ मंगलबार

तनहुँ सवारी_दुर्घटना