समाज

दसैमा के के बेच्दैछ खाद्य संस्थानले ? (भिडियो)

काठमाडौं– सधैंजसो दसैंलाई लक्षित गरि नेपाल खाद्य संस्थानले काठमाडौं लगायत प्रमुख सहरहरुमा सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने गर्छ। यस वर्ष पनि संस्थानले दसैं बजारको तयारी गरिसकेको छ। संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार संस्थानका बिक्री डिपोमा यसपालि दाल, चामल, गेडागुडी, चिनी, तेल, नुन, गहुँ,  कर्णालीको सिमी, फापर आदि सुपथ मूल्यमा किन्न पाइनेछ।

खाद्य संस्थानले सामानको भण्डारण गरिसकेको उनले बताए। 'बिक्री गर्ने सामान आइसकेको छ,' उनले भने,'बजारलाई पुग्ने मात्रामा सामान ल्याइसकेका छौं।'

  तर सर्बसाधारणले भने चुस्त तरिकाले सजिलै खाद्यान्न उपलब्ध हुन नसक्ने गरेको गुनासो गर्ने गरेका छन्। पहुँचवालालाई खाद्य संस्थानले सजिलैसँग सामान उपलब्ध गराउने तर सर्वसाधारणले लाइनमा बस्दा समेत सामान पाउन मुस्किल हुने उनीहरुको गुनासो छ। खाद्य संस्थानका सूचना अधिकारी सापकोटाले यसपालि सर्वसाधारणलाई गुनासो गर्ने ठाउँ नदिने बताउँछन्।

तर संस्थानले चुस्त  व्यवस्थापन र दूरदराजका बिकट क्षेत्रमा पनि आफ्नो सेवा लाइ बिस्तारित गर्ने पर्ने देखिन्छ। चाड पर्ब मा मात्र नभई सधै जसो नै यो सेवा लाइ उपलब्ध गराउने हो भने महंगी र अखाद्य बस्तुबाट पीडित बनेकालाई राहत मिल्नेथियो भने  कम आय स्तर भएका जनतालाई  पनि टेवा पुग्ने थियो कि?

 

प्रकाशित: ८ आश्विन २०७५ १०:२७ सोमबार

दसैं बजार