समाज

भरुवा बन्दुक प्रहार गरेर आत्महत्या

रोल्पा- रोल्पाको होलेरी बजार नजिकै रुन्टीगढी गाउँपालिका ६ डुब्रिङमा सोमबार एक ब्यक्तिले आफैलाई बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्। प्रहरीका अनुसार स्थानीय ५१ वर्षिय कुले कामी भन्ने कुल प्रसाद बिकले आफुसंग रहेको भरुवा बन्दुकले आफैलाई प्रहार गरेका थिए। आफ्नै घरमा आफैले घाँटीमा गोली हानेका बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भरुवा बन्दुक प्रहार गरेका विकको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख दिपक खड्काले बताए।

 

प्रकाशित: ८ आश्विन २०७५ ०६:५० सोमबार

आत्महत्या भरुवाबन्दुक