समाज

ब्राउन सुगरसहित महिला पक्राउ

सुर्खेत– लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। दुई ग्राम ६१० मिलिग्राम लागूऔषधसहित वीरेन्द्रनगर नगरपालिका–१२ कि २६ वर्षीया पवित्रा विसी (विष्ट)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

उनलाई शनिबार बेलुका वीरेन्द्रनगर–११ स्थित सुब्बाकुना प्रहरी चौकीको चेकपोष्टबाट पक्राउ गरिएको हो। ‘चेकजाँचका क्रममा सेतो कागजभित्र कालो प्लास्टिकमा निलो धागोले बाँधेको अवस्थामा लागूऔषध बरामद गरेका हौं’, उनले भने, ‘अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेका छौं।’ पछिल्लो समय प्रहरीले लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: ७ आश्विन २०७५ १५:५२ आइतबार

लागूऔषध महिला पक्राउ