समाज

बारामा घाटी रेटी महिलाको हत्या

बारा – बारामा घाटी रेटी हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको छ।

घाटी रेटी हत्या गरेको अवस्थामा कलैया उपमहानगरपालिका–१३ बलिरामपुरकी सियापति धोबिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

शनिबार बेलुका पसाहा खोला नजिकै रहेको खेतमा काम गर्न जाँदा उनी बेपता भएकी थिइन्। खेतमा काम गर्न गएकी धोविन राती घर नफर्केपछि परिवारका सदस्यहरुले उनको निकै खोजि गरेपिन कुनै पत्ताे नलागेकाेमा आइतबार विहानै खोज्न जाँदा हत्या गरेर पसाहा खोला नजिकै रहेको उखु खेतमा शव फालिएको अवस्थामा फेला पारेकाे स्थानीय राजेश मेहताले बताए।

सियापतिका तीन छोरी एक छोरा छन् भने उनका श्रीमान खेती मजदुरी गर्दै आएका छन्।

बाराकी प्रहरी उपरिक्षक मिरा चौधरीले उनको घाटी रेटेर हत्या गरिएको बताउँदै घटनाको अनुसन्धान थालिएको बताइन्।

प्रकाशित: ७ आश्विन २०७५ ०५:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App