समाज

दाहामा मुस्लिम समुदायको हतियार प्रदर्शन

सर्लाही– मोहरम (दाहा) को अवसरमा शुक्रबार दिउँसो मुस्लिम समुदायले जिल्लाका विभिन्न स्थानमा घरेलु हतियार एवं हतियार खेल सम्बन्धी कला कौशल प्रदर्शन गरेका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन बजार, सदरमुकाम मलंगवा, फरहद्वा लगायत स्थानमा मुस्लिम समुदायका महिला पुरुष जम्मा भई घरेलु हतियार प्रदर्शन गरेका हुन्। सयौंको संख्यामा जम्मा भएका उनीहरुले तरबार, फराँसा, लाठी, भाला लगायत घरेलु हतियार प्रदर्शन एवं एकआपसमा जुधाउने खेल प्रदर्शन गरेका थिए।

हरेक नयाँ वर्ष सुरु भएको दशौं दिन दाहा पर्व मनाईने मुस्लिम नेता मोहम्मद् कमरुद्धिनले बताए। ‘मुस्लिम धर्म गुरु पैगम्बर महम्मद्का नाती हसन हुसैनलाई मारेको दिनको सम्झनामा हरेक वर्ष पहिलो महिनाको १० तारिखका दिन दाहा पर्व मनाईन्छ’, उनले भने, ‘यसपाली १४३८ हिजरी अर्थात नयाँ वर्ष सूरु भएको १०औं दिन आज शुक्रबार परेकाले दाहा मनाईएको हो।’

हसन हुसैनलाई मार्नेहरुलाई चेतावनी स्वरुप दाहाको दिन मुस्लिम समुदायले घरेलु हतियार प्रदर्शन सहित प्रतिकारात्मक नाराबाजी गर्ने गर्दछन्। 

प्रकाशित: ५ आश्विन २०७५ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App