समाज

सुन तस्करी प्रकरण : एसपी खनाललाई रिहा गर्न आदेश

मोरङ– उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। 

मंगलबार न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई छाड्ने आदेश दिएको हो।

यसअघि उच्च अदालतले एसएसपी दिवस लोहनी र डिएसपी प्रजित केसीलाई पनि साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। आदेशसँगै लोहनी र केसी रिहा भइसकेका छन्।  

प्रकाशित: २ आश्विन २०७५ १२:३८ मंगलबार

सुन_तस्करी उच्च_अदालत_विराटनगर विकासराज_खनाल