समाज

विवादित हुँदा पनि युवामाझ किन लोकप्रिय छ गोर्खा भर्ती ?

काठमाडाै - बेलायती सेना र त्यस अन्तर्गतको सिंगापुर पुलिसका लागि केन्द्रीय अथवा अन्तिम छनोट प्रक्रिया आउँदो जनवरीदेखि पोखरामा सुरु हुँदैछ। सन् २०१९ का लागि करिब ४०० पदको लागि झन्डै दश हजार नेपाली युवा बेलायती सेनाका लागि भिडिरहेका छन्। अन्तिम छ्नोटअघि प्रतिस्पर्धीहरुले धरान र पोखरामा हुँदै गरेको क्षेत्रीय छनोटमा नाम निकाल्न पर्ने हुन्छ।

थोरै पदका लागि धेरै आकांक्षी हुने हुँदा बेलायती सेनामा भर्ती हुन निकै गाह्रो छ। प्रत्येक १०० प्रतिस्पर्धीबाट ४ जना मात्र छानिन्छ्न। शारीरिक, मानसिक र बौद्धिक रूपमा आफूलार्इ अब्बल प्रमाणित गर्नुपर्ने हुँदा प्रतिस्पर्धीहरु कति आफै कति ट्रेनिङ सेन्टरको सहरा लिएर प्रशिक्षण गर्ने गर्छन्।

कुनै समय बाध्यता र अप्ठ्यारोबीच सुरु भएको गोर्खा भर्ती धेरैका लागि आज रहर र समाजिक प्रतिष्ठाको विषय बनेको छ।

विवादित भएर पनि गोर्खा भर्ती युवामाझ किन यति लोकप्रिय छ त ? नागरिक ३६० को यस शृंखलामा हामी गोर्खा भर्तीसँग जोडिएका विभिन्न पाटोमा रहेर चर्चा ।

प्रकाशित: १ आश्विन २०७५ ११:४७ सोमबार

गोर्खा_भर्ती युवा बेलायती_सेना