काठमाडौं– महानगरीय प्रहरी वृत बौद्धले नक्कली पेस्तोल र खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इलाम माईका २३ वर्षीय सञ्जय समाल मगर, मोरङ पथरीका २४ वर्षीय सन्तोष लिम्बु र झापा सताक्षीका २४ वर्षीय युगेश राई रहेका छन्।
बौद्धका विभिन्न स्थानमा चेक प्वाईन्ट राखी सर्च गर्ने क्रममा प्रहरी वृत बौद्धको टोलीले शनिबार साँझ कामपा ६ चुच्चेपाटीको सडकमा शंकास्पद रुपमा हिडिरहेका तीनै जनालाई ३० ग्राम खैरो हेरोइन, २० हजार १ सय नगद र एक थान नक्कली पेस्तोलसहित नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए।
प्रकाशित: ३१ भाद्र २०७५ ०७:०५ आइतबार