समाज

लहानमा धारिलो हत्तियारले घाँटी रेटेर हत्या

फाइल फाेटाे

लहान – गोलबजार नगरपालिका– ३ मुसहर्नीयामा अपरिचित समूहले एक पुरुषको घाँटी रेटि हत्या गरेको छ।

शनिबार राति घरमा सुतिरहेका ३८ वर्षीय हेमबहादुर तामाको शब हत्या गरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक रामबहादुर ढकालले जानकारी दिए। घटना बारे अनुसन्धान थालिएको उनले बताए। घटनाको बिस्तृत विवरण आउन  बाँकी छ।

प्रकाशित: ३१ भाद्र २०७५ ०३:२२ आइतबार

लहान हत्या अपराध