समाज

दुर्घटनामा १२ घाइते, पाँचको अवस्था गम्भीर

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरस्थित ब्युरेनीमा भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

नेपालगञ्जदेखि दैलेख जाँदै गरेको ना४ख ७०२४ नम्बरको बस र सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा३ख ६२१२ नम्बरको बस शनिबार दिउँसो साढे २ बजे वीरेन्द्रनगरमा एक आपसमा ठोक्किएका थिए। दुर्घटनाको अन्य विवरण आउन बाँकी छ।  

 

प्रकाशित: ३० भाद्र २०७५ ०९:२८ शनिबार

दुर्घटना वीरेन्द्रनगर