काठमाडौं- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा न्याय माग्दै आज देश भर प्रदर्शन भइरहेको छ। स्वतन्त्ररुपमा देशका विभिन्न स्थानमा प्रदर्शन भएको हो। काठमाडौंमा माइतीघरमा १ बजेबाट प्रदर्शन सुरु भएको छ। दोषी पत्ता लगाएर कारबाही गर्न दवाव दिँदै प्रदर्शन आव्हान गरिएको हो।
समाजिक सञ्जाल मार्फत ‘निर्मलाका निम्ति न्याय’ #JusticeForNirmala #RageAgainstRape अभियान नै चलाइएको छ।
पाल्पा, विराटनगर, धरान, जनकपुर, पोखरा लगायतका ठाउँहरुमा पनि प्रदर्शन आव्हान गरिएको छ।
प्रकाशित: ३० भाद्र २०७५ ०७:१८ शनिबार