समाज

'निर्मलालार्इ न्याय देउ' (फाेटाे फिचर)

तस्विर : दिपेन्द्र राेक्का

काठमाडाैं - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकाे पक्षमा न्यायकाे माग गर्दै काठमाडाैंकाे माइतीघरमा विराेध प्रदर्शन गरिएकाे छ। विराेध प्रदर्शनमा सहभागी भएकाहरुले घटना भएकाे ४९ दिन वितिसक्दा समेत सरकार गम्भीर नबनेकाे भन्दै सांकेतिक विराेध स्वरुप मैनवत्ती समेत बालेका छन्। कञ्चनपुरबाट न्यायका लागि उठाइएकाे अावाज नसुनिएकाे भन्दै नागरिक समाजले प्रधानमन्त्री र गृहमन्त्रीकाे ध्यानाकर्षण गराउन सिंहदरवार नजिकै मैनवत्ती बालिएकाे बताएकाे छ। घटना भएकाे यतिका दिन वितिसक्दा समेत सरकार गम्भीर नबनेकाे भन्दै सहभागीहरुले अाक्राेश समेत व्यक्त गरेका छन्। कार्यक्रममा निर्मलाका अामाबुबा समेत सहभागी भएपनि उनीहरुले केहि बाेल्न सकेनन्।

तस्विर : दिपेन्द्र राेक्का

 

बलात्कार निर्मला_पन्त