समाज

पूर्वी नेपालमा भूकम्पको धक्का

लहान- पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। करिब १० : ४० बजेको समयमा सिरहा, सप्तरीलगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो। करिब ३० सेकेन्डजती भूकुम्पले हल्लाएको महसुस गरिएको लहानकी सुनिता यादवले बताईन।

भारतको असामलाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टरस्केलको भूकम्प आएको समाचार एजेन्सी एनआइले जनाएको छ।  सिलगुडि, गुहाटी, बिहार लगायतका स्थानमा धक्का महसुस भएको जनाइएको छ। बंगलादेशमा पनि धक्का महसुस भएको छ।

प्रकाशित: २७ भाद्र २०७५ ०५:३८ बुधबार

भूकम्प