समाज

पुनको अन्त्येष्टि

रोल्पा – रोल्पाको सुलीचौर बजारमा आइतबार गोली हानी हत्या गरिएका रोल्पा नगरपालिका तरुणदल सभापति रोहित पुनको मंगलबार अन्त्येष्टि गरिएको छ । पोस्टमार्टमपछि अस्पतालबाट पुनको शव ल्याई नेपाली कांग्रेस पाटी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । पाटी कार्यालयमा भेला भएका कार्यकर्ता र सर्वसाधारणले पुनप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

पुनको शवमा नेपाली कांग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यले पार्टीको झन्डा ओढाएका थिए भने तरुण दल रोल्पाका सभापति तिलक बुढाथोकीले तरुण दलको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । श्रद्धाञ्जलीपछि पाटी कार्यालयबाट सुरु भएको शवयात्रा सदरमुकाम परिक्रमा गरी उनको घर रेउघा पुगेको थियो।

प्रकाशित: २७ भाद्र २०७५ ०२:२६ बुधबार

रोहित_पुन अन्त्येष्टि