समाज

महिलाको अस्मिता मिलापत्र गर्ने कुरा होइन : प्रहरी प्रवक्ता (भिडियाे)

काठमाडौं– नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले महिलाको अस्मिता मिलापत्र गर्ने कुरा नभएको बताएका छन्। नागरिक न्यूजसँगको कुराकानीमा प्रवक्ता थापाले कञ्चनपुर घटनाकाे अनुसन्धानमा प्रहरीबाट गल्ती भएको र दण्डित समेत गरिसकिएको स्पष्ट पारे। 

‘यदाकदा प्रहरीबाट लापरबाही भएको कुरा पक्कै हो तर हामीले यो बिषयलाई पहिलेदेखि गम्भीर रुपमा हेर्दै आएका छौं र त्यस्ता मुद्दाहरू हेर्न महिला तथा बालबालिका सेवा निर्देशालय नै खडा गरिएको छ। संगठन भित्र रहेका विभिन्न सेल र ब्युरो मार्फत त्यस्ता घटना छानबिन गर्न हामी लागि पर्दै आएका छौं र गल्ती गर्ने प्रहरी अधिकृतहरुलाई हामी दण्डित पनि गरिरहेकै छौं’, उनले भने। 

आफूहरुले संगठनभित्र महिला अस्मिताका बिषयमा आउने उजुरीहरु मिलापत्र गर्न हुँदैन भनेर सन्देश प्रवाह गरिरहेको भन्दै उनले विद्यालय, आमा समूह, सञ्चार माध्यम, राजनीतिक दल मन्त्रालय लगायत सबैले सहयोग गरे यस्ता अपराधिक घटना न्यूनिकरण गर्न सकिने बताए।

प्रकाशित: २६ भाद्र २०७५ १६:०४ मंगलबार

नेपाल_प्रहरी शैलेस_थापा अनुसन्धान