समाज

करेन्ट लागेर एक जनाको मृत्यु

रसुवा – करेन्ट लागेर रसुवामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–४ देरउराली डाँडाका २२ वर्षीय बुद्धिमान गोम्बो रहेका छन्।

आफ्नै घरको बरण्डामा बिजुली बत्ती बनाउने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक ओम प्रकास वाग्लेले बताए। शनिबार राति साढे ६ बजे उनको मृत्यु भएको थियो।

पोष्ट मार्टमका लागि नुवाकोट जिल्ला अस्पताल पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७५ ०५:२५ आइतबार

करेन्ट मृत्यु