समाज

राष्ट्रपति भण्डारीद्वारा उत्कृष्ट विद्यार्थी विभूषित

तस्बिरः रासस

काठमाडौ– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शैक्षिक तहमा उत्कृष्ट उपाधि हासिल गरेका विद्यार्थीहरुलाई विभूषित गरेकी छन्।

३९औ राष्ट्रिय शिक्षा दिवसका अवसरमा राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा स्वदेशी तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३८६ जनालाई विभिन्न आभूषण प्रदान गरेकी हुन्।

कार्यक्रममा ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदक २३३ जनालाई, ‘ख’ श्रेणीको ११८ जनालाई र ‘ग’ श्रेणीको १७ जनालाई प्रदान गरिएको छ। त्यसै गरी स्वेदेशी विश्व विद्यालय, प्रतिष्ठान तथा परिषदबाट स्नातक तहतर्फ उत्कृष्ट १७ जना र प्रमाणपत्र तहको उत्कृष्ट १ छात्रालाई नेपाल छात्रा पदक प्रदान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।   

 

प्रकाशित: २३ भाद्र २०७५ ०८:०१ शनिबार

विभूषित विद्यार्थी राष्ट्रपति