समाज

जन्मदिनमा योगेशले विपन्न विद्यार्थीलाई गरे आर्थिक सहयोग

ताप्लेजुङ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले जन्मदिनको अवसरमा ताप्लेजुङको दुर्गम गाउँका दुई बिद्यार्थीलाई अध्ययन खर्च स्वरुप जनही १० हजार रुपैंया दिएका छन्। 

भट्टराईले बिद्यार्थी भर्ना अभियानका क्रममा आफैंले अभिभावक बनेर भर्ना गराएका दुई बिद्यार्थीलाई उनले आफ्नो जन्मदिन मनाउने खर्च कटाएर आर्थिक सहयोग गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान अनुसार बिद्यार्थी भर्ना अभियानका क्रममा यहाँको पाथिभरा याङ्वरक गाउँपालिका वडा नम्बर ५ चाक्सिबोटेका गंगा बिक र वडा नम्बर ६ थुम्बेदिनका कमल बिकलाई उनले अध्यन खर्च बापत १०/१० हजार रुपैंया दिने घोषणा गरेका हुन्।

उनले ट्विटरमार्फत आफ्नो जन्मदिनको अवसरमा गंगा र कमललाई यो रकम दिन लागेको जनाएका छन्। चालु शैक्षिक सत्रको सुरुवात गत बैशाख महिनामा चलेको बिद्यार्थी भर्ना अभियानको क्रममा भट्टराई आफैं बिद्यालय थुम्बेदिन र चाक्सिबोटे पुगेर गंगा र कमललाई कक्षा १ मा भर्ना गराई अभिभावकत्व ग्रहण गरेका थिए।

ट्विटमा उनले यो रकम नेपाल कम्युनिष्ट पार्टीका युवा नेताहरु सन्तोष मादेन र मिङ्माडण्डु लामामार्फत गंगा र कमलको परिवारलाई हस्तान्तरण हुने समेत प्रष्ट्याएका छन्। 

प्रकाशित: २१ भाद्र २०७५ १०:१८ बिहीबार

योगेश_भट्टराई जन्मदिन सहयोग