समाज

राष्ट्रिय आविस्कार केन्द्रका लागि महावीरका पदकको लिलामी सुरु

काठमाडौं– म्यागासेसे पुरस्कार विजेता एवं सूचना प्रविधिका जानकार महावीर पुनले आफूले पाएका पदकहरुको लिलामी सुरु गरेका छन्। 

राष्ट्रिय आविस्कार केन्द्र स्थापनाका लागि आर्थिक अभाव भएपछि पुनले म्याग्सेसेसहित ईन्टरनेट हल अफ फेम अवार्ड, राष्ट्रदिप पदक लगायत पदकको अनलाइन लिलामी सुरु गरेका हुन्। केन्द्र स्थापना गर्न ५० लाख डलर खर्च लाग्ने अनुमान गरिएको छ।

पुनको लिलामीको सूचीमा निम्न अवार्ड छन्ः

म्याग्सेसे अवार्ड (एसियाको नोबेल पुरस्कार, पूर्व बिजेता मदर टेरेसा, दलाई लामा) $१००,००० (बोल शुरु $१०,०००, न्युनतम बोली बृद्धि $२५००, खरिद $१००,०००)

ईन्टरनेट हल अफ फेम अवार्ड (पूर्व बिजेता एल गोर, एरोन स्वार्ज) $१००,००० (बोल शुरु $७,५००, न्युनतम बोली बृद्धी $१०००, खरिद $१००,०००)

राष्ट्रदिप पदक (नेपालको तेस्रो ठुलो पदक) $५०,००० (दुइ वटा पदक) (बोल शुरु $२,५००, न्युनतम बोली बृद्धि $२५०, खरिद ४५०,०००) 

डा. हर्क गुरुङ पर्ब्तिय पुरष्कार (पूर्व बिजेता एलिजाबेथ हलि, ताकाशी मियाहारा, बुद्धी नारायण श्रेष्ठ) $३०,००० (बोल शुरु $५,०००, न्युनतम बोली बृद्धी $५००, खरिद $३०,०००)

नेब्रास्का बिश्वबिद्यालय हनर पदक $२०,००० (बोल शुरु $५,०००, न्युनतम बोली बृद्धि $७५०, खरिद $२०,०००)

थप जानकारीका लागि यहाँ क्लिक गर्नुस :

प्रकाशित: २० भाद्र २०७५ ०५:२८ बुधबार

राष्ट्रिय_आविस्कार_केन्द्र महावीर_पुन पदक_लिलामी